गौरादहमा करेन्ट लागेर वृद्धाको मृत्यु

गौरादह,८साउन । झापाको गौरादहमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नं.७ गच्यामारी निवासी ७७ बर्षिया तेजकुमारी उप्रेती रहेकी छन् ।
बुधबार साँझ ७ वजेतिर वृद्धाको घाँस काट्ने मेसिनमा करेन्ट सर्ट भई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.