बालगृहका बालबच्चाको निःशुल्क स्वास्थ्य परीक्षण


दमक, ८ साउन । दमक- ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टरले मोरङको ऊर्लाबारीमा रहेको नमुना बालगृहका बालबच्चाहरुलाई लक्षित गरि निशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बालगृहका बालबच्चाहरुमा केहिदिनदेखि भाइरल ज्वरो,रुघाखोकी जस्ता संक्रमण देखिएपछि अस्पतालले त्यहाँका आश्रित ४० जना बालबच्चाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । बालगृहमा पुगेर शनिवार स्वास्थ्य जाँच गरिएको हो ।
शिविरमा अस्पतालका डाक्टर निरज बस्नेत ,सुमन निरौला,देबेन्द्र पोखरेल र सुमन निरौलाले प्राविधिक सहयोग पुरयाँएका थिए । बालबच्चामा ज्वरो, रुघाखोकी जस्ता स्वास्थ्य समस्या देखिएको अस्पतालका सञ्चालक सुजन खरेलले बताए ।
स्वास्थ्य परीक्षणमा सामाजिक व्यक्तित्व सन्देश कालीकोटे, सरोज लकान्द्री र काजी राउतको समेत उपस्थिति रहेको थियो । सोहि अवसरमा लकान्द्रीले आफनी श्रीमती मेनुका लकान्द्रीको जन्मदिनको अवसर पारेर औषधी खरिदका लागि नगद रु,१० हजार रुपैया बालगृहकी अध्यक्ष आमा मिना बराललाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.