चेम्वर अफ कमर्स प्रदेश समिति बिस्तार

उपाध्यक्षमा विर्तामोडका सन्तोष अग्रवाल
झापा,९ साउन । नेपाल चेम्बर अफ कर्मस १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रदेश अध्यक्ष सुरेनद्रमान श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले सात सदस्यीय कार्य समिति विस्तार गरिएको हो ।
जसअनुसार कार्यसमितिको उपाध्यक्षमा झापा,विर्तामोडका सन्तोष अग्रवाल ,महासचिवमा अंशु बन्जरा (विराटनगर ) र सदस्यहरुमा विरानगरका राम अवतार अग्रवाल,दिपबहादुर खापुङ,योंजित प्रधान,रन्जित भगतलाई मनोनित गरिएको जारी विज्ञप्तिमा जनाईएको छ ।
आज सम्पन्न पहिलो बैठकले कोरोना महामारी केहि सहज हुनासाथ प्रदेशका १४ ओटै जिल्लामा भ्रमण गरि जिल्ला कार्यसमितिको मूल्याङकन,सहजीकरण तथा प्रोत्साहनका कार्यक्रम लागू गराउन आवश्यक पहल गर्नुका साथै प्रदेश सरकारसंग उद्योगी व्यावसायीहरुका निम्ती कोभिड खोपको माग गर्ने समेत निर्णय भएको चेम्वर अफ कमर्स प्रदेश अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.