कांग्रेस नेता घनेन्द्र राज योङयालाई पितृशोक

दमक,९ साउन । दमक- १ निवासी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा सामाजिक व्यक्तित्व घनेन्द्र राज योङयालाई पितृशोक परेको छ ।
उनका ८६ बर्षिय बुवा कृष्ण प्रसाद योङ्गयाको दमकस्थित एड्भान्स अस्पतालमा उपचारको क्रममा आज शनिबार दिउँसो निधन भएको हो । फोक्सोमा संक्रमण भएपछि उनलाई तीनदिन देखि त्यहाँ उपचारत थिए ।
स्व. योङया छोराहरु मध्ये घनेन्द्र ,राजकुमार हुन् । घनेन्द्र पार्टी बाहेक दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । यस्तै राजकुमार पनि दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हुन् ।
यसैवीच ,योङयाको शवको भोलि साउन १० गते आईतबार बिहान १० बजे कोशी नदीस्थित चतराधाममा अन्तिम दांह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.