एड्भान्स अस्पतालमा पुनः कोभिड उपचार शुरु

दमक,९ साउन । दमक- ६ स्थित एडभान्स मल्टिस्पेशलिटी हस्पिटलले पूनः कोरोना संक्रमित विरामीको उपचार गर्न थालेको छ । पछिल्ला समय कोरोना संक्रमण बढेसंगै अस्पतालले एक सातादेखि कोभिड संक्रमित भएका विरामीहरुको उपचार सेवा शुरु गरिएको अस्पतालका सञ्चालक चैतन्य वरालले बताए । उनका अनुसार एक साताका अवधिमा आईसीयूसहित जनरल वार्डमा गरि आज विहानसम्म १३ जना उपचारत रहेको उनले जनाए ।
उनका अनुसार महिना दिन अघि कोरोना संक्रमण केहि घटेसंगै कोभिड उपचार सेवा बन्द गरिएको थियो । तर फेरि संक्रमण बढेपछि अस्पतालले कोभिड लक्षितका विरामीको समेत उपचार सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष माधव पराजुलीले बताए ।
दमकमा पछिल्ला समय कोरोना संक्रमण हवात्तै बढ्दै गएको छ । दैनिक जसो हुदैआएको कोरोना परीक्षणको तथ्यांकलाई हेर्दा पनि दमकमा निषेधज्ञा खुकुलो भएसंगै संक्रमणको दर समेत बढ्दै गएको नगर स्वास्थ्य शाखाका प्रमुख रामवृक्ष चौधरीले बताए । दमक अस्पतालको कोभिड विशेष उपचार केन्द्र ,आम्दा ,लाइफलाइन र एड्भान्स हस्पिटलमा कोभिडका विरामीको उपचार हुदैआएको छ । त्यहाँका सवै अस्पतालमा विरामीको चाप रहेको उनले बताए ।
यता आम्दा अस्पतालका डाक्टर नविन ढकालले आम्दा अस्पतालमा थप कोभिडका विरामीलाई भर्ना गरेर उपचार गर्न नसकिने अवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published.