बिर्तामोड ,७ साउन । सि.के. चिन्तन प्रतिष्ठान झापाले टिकाप्रसाद प्रसाईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको आज सम्पन्न साधारणसभाले प्रसाईको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा सजेश शिवाकोटी, महासचिवमा इन्दु पूर्वेली, सचिवमा खगेन्द्र प्रसाई र कोषाध्यक्षमा कञ्चना ढकाल सिटौलालाई चयन गरेको हो । समितिका सदस्यहरुमा खगेन्द्रविक्रम नेम्बाङ, कोशी राई, लीलादेवी मैनाली, भीमप्रसाद राजवंशी, बडाराम हेमरम, नेत्रप्रसाद विमली, विष्णुप्रसाद खरेल र पार्वतादेवी खरेल चयन भएका छन् ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उदघाटनमा बोल्दै वक्ताहरुले स्वर्गीय सि.के. प्रसाईको सरल राजनीति पुस्तक अध्ययन गर्दा उनको समाजवादप्रतिको निष्ठा, विचार प्रेरणादायक रहेको जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सिता पौडेल ,कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले मन्तब्य राखेका थिए ।
४३ औं वि.पी. स्मृति दिवसको सन्दर्भमा आयोजित साधारणसभा प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो ।