झापामा थपिए एक हजार ७९ घरेलु तथा साना उद्योग

भद्रपुर ,७ साउन । जिल्लामा गत आर्थिक वर्ष २०८१-८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार यो अवधिमा कार्यालयमा उद्योगतर्फ ५८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन्। सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार ६०९ र वाणिज्यतर्फ एक हजार ६६५ उद्योग नवीकरण गरिएको उनले बताईन् ।
सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१-८२ मा उद्योगतर्फ ३२४ र वाणिज्यतर्फ २३७ गरी ५६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा १५२ उद्योगले उद्देश्य थपेका छन्।
कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताईन् । उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ । कार्यालयले आव २०८१-८२ मा विभिन्न शीर्षकमा दुई करोड ९१ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published.