झापा,७ साउन । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डि -कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार उद्दव पुरी पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहबीच दुईदशक यता कृयाशिल पत्रकार पुरीलाई पुरस्कार प्रदान गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक-सम्पादक हुन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले नगद ४२ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गरे ।
प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तारामणि सापकोटाले एक दशक अघि पाँच हजार राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको राशी क्रमशः बढाएर गएको वर्षदेखि नगद ४२ हजार पुर्याएको जानकारी दिए ।
प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कार वितरण गरिसकेको छ ।
त्यस्तै यसै वर्षदेखि सुरु गरेको ञडि कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोषमा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपि भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज तामाङ, माओवादी केन्द्र प्रदेश नम्बर -१ का उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव दिपिन राई, देवकुमार आचार्य (डि कौडिन्य) को धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईंलगायत शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डि कौडिन्यको जीवनीमाथी चर्चा गरेका थिए । प्रेस सेन्टर नेपालका अध्यक्ष पुस्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने प्रकाश उप्रेती र राजन साम्पाङले संचालन गरेका थिए ।