गौरादह,८ साउन । झापाको गौरादह -४ स्थित गेउरिया खोलामा एक पुरुषको शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ । मृत पुरुष गौरादह बजार आसपास मागी खाई हिंड्ने गर्दै आएको जनाइएको छ ।
आज विहान १० वजे गेउरिया खोलामा रहेको बाँसको झयाङ्ग मुनी अड्किरहेको अवस्थामा अन्दाजी ५५ वर्षिय जस्तो देखिने टुनटुन ऋषिदेवको शव फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घट्नाको प्रकृति हेर्दा शरीरमा कुनै घाउ चोट नलागेको भएतापनि उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
ती मृतक पुरुष दिनभर मागेर आउने र गेउरिया खोला नजिकै रहेको मंगली ऋषिदेवको घरमा बस्ने, खाने गर्दै आएको खुलेको छ ।सामान्य विवादका क्रममा गौरादह ७ दुधाली बस्ने २६ वर्षिय शित कुमार ऋषिदेवले धकेल्दा नालीमा डुवेर मृत्यु भएको वयानका क्रममा अभियुक्तले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले वताए ।
अभियुक्तलाई इलाका प्रहरी कार्यालय दमक राखेर आवश्यक अनुसन्धान शुरु गरिएको उनले जानकारी दिए ।