कांग्रेस कमल ५ वडा समितिलाई दराज प्रदान

दमक ,८ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी सुब्बासहित कांग्रेस झापा ५ क्षेत्रीय समितिका सभापति ढुण्डिराज भण्डारीले कमल- ५ स्थित कांग्रेस वडा समितिलाई एक थान स्टिल दराज निशुल्क दिएका छन्।
पार्टीको कार्यालय व्यवस्थापनमा सघाउँ पुरयाउँन दुई नेतृत्वको पहलमा सो दराज उपलव्ध गराएका हुन् । ४२ औ वीपी स्मृति दिवसको सन्दर्भ पारेर एक कार्यक्रमका बीच दराज हस्तान्तरण गरिएको हो । दराज हस्तान्तरणका क्रममा नेतृ सुब्बाले वडा समितिलाई थप व्यवस्थित बनाउन आफूहरुले स्वेच्छिक रुपमा यस किसिमको सहयोग गरिआएको उल्लेख गरिन् ।
क्षेत्रीय सभापति भण्डारीका अनुसार झापा क्षत्रे न. ५ का २९ वटा वडामध्ये हालसम्म १५ वटा कांग्रेस वडा समितिलाई दराज उपलव्ध गराईएको छ । अन्य वडामा आवश्यकता हेरेर दराज उपलव्ध गराउने उनको भनाई छ ।
यसैगरि, कांग्रेसले ४२ औ वीपी स्मृति दिवस दमकसहित देशैभर मनाईएको समाचार प्राप्त भएको छ । दिवसका अवसर पारेर कमल -५ ,६ र ७ वडा समितिले संयुक्त रुपमा अन्तरकृयासहित मंगलवारे वजार सरसफाई कार्यक्रम गरिएको कमल- ५ का वडा सभापति चन्द्रसिंह राईले बताए ।
यसैगरि दमक- ५ कांग्रेसले स्थानीय धनेश्वर मन्दिरमा पूmलसहितको गमला हस्तान्तरण गरिएको वडा सभापति चैतन्य बरालले बताए ।
यस्तै, दमक ८ ले पनि विरुवा वितरणहित पार्टीका ज्येष्ठ सदस्य बेणु चुडाललाई सम्मान गरिएको कांग्रेस वडा सभापति चन्द्र खत्रीले बताए । दमक वडा नम्बर ९ ले वडाका एक जना अति विपन्न परिवारलाई आर्थिक सहयोग उपलव्ध गराईएको सभापति युवराज कोइरालाले बताएका छन्।

Leave a Reply

Your email address will not be published.