
दमक,८ साउन । नयाँ पुस्ताले आफ्नो जातीय परम्परागत मौलिक पोशाक पेटानी बन्ने संटकमा पर्दै गएपछि अहिले धमाधम तालिम दिन थालिएको छ ।
दमक १० स्थित सेतुमारी बर्ष ३० बर्ष की कमला धिमाललाई घिमाल महिलाले लगाउने परमम्परागत पोशाक पेटानी बन्न आउदैन थियो । आफुमात्र होइन गाउँका धेरै नयाँ पुस्ताका महिलालाई पेटानी बन्न जान्दैन थिए । यसरी घरमा बन्ने पेटानी बन्न छाडेपछि पछिल्लो समय आवश्यक पेटानी बाहिरबाट आयात गर्नु परेपछि नयाँ पुस्ता समेत यस क्षेत्रमा आर्कषित भएको उनले बताइन् ।
धिमाल जातिय बिकास केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले एकपछि अर्को गर्दै नयाँ पुस्ताले पेटानी बन्न छाडेपछि आफ्नो मौलिक पेशा नै संकट पर्न थालेको बताउँछन् । उनले मौलिक पोशाक संरक्षण गर्न यस्ता तालिम सञ्चालन गर्नुका साथै वजारीकरणमा पनि सहयोग पुरयाँउदै आएको बताए ।
कमला जस्तै सोही स्थानकी सरस्वती धिमाल समेत पेटानी लगायतका कपडा बन्न आउदैनथ्यो । पछिल्लो समय नयाँ पुस्ता बिद्यालयमा अध्ययनका लागि स्कुल कलेज जाने र उनीहरुले पेटानी बन्ने काममा रुचि नदिदा यो पेशा संकटमा पर्दै गएको थियो । यस्तै घिमाल समुदायमा अन्य जातीको प्रभावले गर्दा नयाँ पुस्ताका महिलालाई घिमाल जातीको मौलिक भेषभुषा समेत बिर्सने अवस्था पुग्यो केन्द्रका अध्यक्ष घिमालको भनाई छ । पछिल्लो पुस्ताले आफनो भाषा तथा मौलिक भेषभुषा समेत बिर्सदै गएका थिए ।