ड्रागन फलको व्यावसायिक खेतीमा आर्कषण बढदो


ज्योति शर्मा उर्लावारी, ७ साउन ।
परम्परागत कृषि प्रणाली निर्वाह मुखी मात्र हुनथालेपछि पछिल्ला दिनमा आएर मानिसहरु विकल्प खोज्न थालेकाछन् । धान, मकै, गहू“ लगाएतका परम्परागत वालीहरु छोडेर कृषिकै अन्य पाटोमा विकल्प खोजी रहेकाछन् । यसै क्रममा मोरङ्गको उर्लावारीमा पनि अहिले भर्खर भर्खर मात्र नेपालमा प्रबेश पाएको ड्रागन फलको खेती गर्न थालिएको छ् ।

एक पटक लगाएपछि लामो समय सम्म उत्पादन दिने र यसको फल मानव स्वास्थ्यका लागि पनि अति लाभ दायक मानिन्छ । यसका साथै आय आर्जनका लागि पनि एउटा विकल्प भएकाले मानिसहरुको आर्कषण यसको खेतीमा गएको हो । लामो समयसम्म सरकारी सेवामा रहेर अवकास पाएपछि विराटनगर आयल निगम नजिक घर भएका गणेश प्रसाद आचार्य बाँकी जिवन कसरी विताउने भन्ने विकल्पको खोजीमा लागे ।

त्यसै क्रममा सञ्चार माध्यममा वहु–गुणकारी ड्रागन फलको महत्व र फाईदाको बारेमा जानकारी पाएपछि जानकारी पाएपछि अहिले उनले उर्लावारी–८ गंगटेमा डेढ विघा जमीनमा ड्रागन फलको खेती सुरु गरेका छन । यो संगै आचार्यले सहायक वालीका रुपमा कुरिलो, अनारश, वेसार, सिजन अनुसारका विभिन्न सागसव्जी, तथा वहुवर्षे केरा, जामुन, बाँस लगायत विरुवा लगाएर लगाएका छन । यहिको माटोमा केहि पोरख गरेर देखाउन उनले र्बािर्षक २० हजार आम्दानी दिने जमीन बाट आगामी ३ बर्ष पछि एक वर्षमानै करोड कमाउने लक्ष्य लिएका छन ।


त्यस्तै उर्लावारी–४ का अर्का उद्यमी सुवास राईको पनि कथा उस्तै छ । ९ बर्ष कोरियामा काम गरेर स्वदेश फर्कीएर कोरियन भाषा प्रशिक्षक बनेर झापा र मोरङ्गका विभिन्न स्थानमा प्रशिक्षण दिंदै आएकोमा विश्वव्यापी कोरोना कहरपछि विकल्प खोज्ने क्रममा ड्रागन फलको खेतीमा ध्यान गयो । अहिले उनले पनि आफनो अढाई विघा जमीनमा नाम्छोर्पा वहुउद्देशिय कृषि फर्म दर्ता गरि ड्रागन फलको खेती शुरु गरेका छन ।

यसरीनै उर्लावारी–४ का अर्का उद्यमी धर्मदत्त काफलेले पनि बाषिक ५४ हजार तिर्नेगरि २ विघा जमीन लिजमा लिएर ड्रागन फलको खेती सुरु गरेका छन । सिजनका सागसब्जी, अण्डा पार्ने कुखुरा पालन लगायत विभिन्न आयआर्जनका माध्यम बाट ३ बर्ष पछि देखि बार्षिक अढाई करोड कमाउने लक्ष काफलेको छ । मेक्सीको, भियतनाम, ईन्डोनेशिया, जापान, भारत हुदै अहिले नेपालमा पनि यसको खेती शुरु गरिएको छ ।

जानकारहरुका अनुसार यो फल रोपेको ३ बर्ष पछि प्रतिपोल ३० देखी ६० किलो सम्म उत्पादन हुने गर्दछ । हाल नेपाली बजारमा प्रति किलो.६ सय रुपैया भन्दा माथिनै यसको फल बिक्रिहुने गरेको छ । पानी नजम्ने र सुक्खा जमिनमा पनि यसले राम्रो उत्पादन दिने भएकोले यसको खेतीमा पछिल्ला दिनमा आएर मानिसको आर्कषण बढदै गएको छ ।

Leave a Reply

Your email address will not be published.