विपी स्मृति दिवसमा फलफूल वितरण

दमक,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवसको अवसर पारेर आज दमक नगर अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (ख) को प्रदेश सभा क्षेत्रीय समितिको आयोजनामा मंगलवार संक्षिप्त कार्यक्रम गरि अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

अस्पतालका करिब ५० जना बिरामी तथा कुरुवाहरुलाई फलफुल वितरण गरिएको प्रदेश सभा क्षेत्रीय सभापति रवि केसीले जानकारी दिए ।कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा आयोजित फलफुल वितरण कार्यक्रममा कांग्रेस झापाका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी,नेताहरु शुरेस सुब्बा, चन्द्रा भट्टराई, भूमिराज राई, आईन्द्र केरुङ, मेदनी सिटौला, सत्यनारायण चौधरी, पार्टी दमक नगर सभापति प्रकाश प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईसहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपाली कांग्रेसका संस्थापक कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.