सवारी दुर्घटनामा बृद्धको ज्यान गयो

दमक,६ साउन । सवारी दुर्घटनामा परेर झापाको कमल गाउँपालिकामा एक जना वृद्धको ज्यान गएको छ । यसरी ज्यान जानेमा कमल -५ का ७६ बर्षिय कृष्णप्रसाद खनाल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ६ः५० बजे पाडाजुँगी– गौरादह सडकको कमल गाउँपालिका -६ मंगलबारेस्थित सडकखण्डमा मे.१ च८२५ नम्बरको मारुती भेनलाई सोही दिशातर्फ जाँदै गरेको को.१८ प.३७७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल -५ बस्ने १६ वर्षीय सुजन खनाललाई केही नभएको तर सोही मोटरसाइकलमा पछाडी सवार उनका हजुरबुबा खनाल भने गंभीर घाइते भएका थिए ।
दुर्घटनामा घाईते खनाललाई उपचारका लागि दमक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा ल्याई उपचारको क्रममा सोमबार साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरी निरीक्षक नविन राईले बताए ।
दुर्घटनामा संलग्न मारुती भेन र त्यसका चालक कमल -४ बस्ने ५१ वर्षीय हेमराज राई र मोटरसाईकल चालक सुजन खनाललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published.