झापा ७ साउन । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं १ स्थित घरमा उनको हत्या भएको हो ।अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घरमा एक्लै सुतिरहेका बेला उनको हत्या भएको प्रहरीको भनाई छ ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले तालिम प्रापत कुकुर प्रदेश प्रहरीबाट झिकाएर घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।