जमुनाले खोलिन व्यूटि पार्लरसहित ट्रेनिङ सेन्टर

दमक,६ साउन । गुरु पूर्णिमाको अवसर पारेर दमककी युवा व्यवसायी जमुना निरौला अधिकारीले आजदेखि खुशी–खुस्वु व्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएकी छिन् । दमक–६ शंखधर चौकमा खोलेका पार्लरसहित ट्रेनिङ सेन्टरको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल (देबिबहादुर) गुरागाईले उद्घाटन गरे ।
जमुना व्यवसायसंगै सहकारीसंगै सामाजिक संस्था मेची–महाकाली बुहारी एकता समाज दमक शाखाकी अध्यक्ष हुन् ।
पार्लर उद्घाटनमा सञ्चालिका जमुनाले महिलाहरुका लाथि श्रृङगा र सम्बन्धी सवै प्रकारका सेवा तथा सीप अभिबृद्धि गरि स्वरोजगार बनाउन आवश्यक तालिमहरु उपलव्ध गराउने प्रतिवद्धता जनाईन् ।महिलाहरुलाई पार्लर सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै सोही स्थानबाट व्यूटि पार्लरका सीप तथा तालिमको समेत प्रवन्ध गरिएको उनले सुनाईन् ।
उनले भनिन्, –‘यो पार्लरका लागि मात्र नभएर सीप सिकाउने स्कूलका रुपमा यसलाई स्थापना गरेका छौं, यहाँहरु सवैबाट सकरात्मक सहयोग प्राप्त हुने विश्वास लिएकी छु । ’ उनले उद्घाटनका अवसरमा श्रृङगारसहित तालिम लिनेका लागि विशेष छुटको व्यवस्था गरिएको जानकारी दिईन् ।
उदघाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रुवल अधिकारी, महिला उपाध्यक्ष सुस्मा निरौला, संघका कार्यसमिति सदस्य हेमसिंह अधिकारी, लेखा समिति सदस्य पदम राउत लगायत व्यवसायिक प्रतिनिधिहरु, व्यवसायिक अगुवा एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.