विपी स्मृति दिवसमा विद्यार्थीद्धारा दिपप्रज्जवलन

दमक,६ साउन । जननायक विश्वेश्वर प्रसाद कोइरालाको ४१औँ स्मृति दिवसको अवसर पारेर दमकमा आज दिपप्रज्वलन गरिएको छ ।नेपाल विद्यार्थी संघ दमक नगर समितिले स्थानीय गणतन्त्र चौंकमा आज साँझ संक्षिप्त कार्यक्रम गरि दिपप्रज्वलन गरिएको सभापति विशाल अधिकारीले बताए ।
दिपप्रज्वलनमा कांग्रेस झापाका उपसभापति शेरवहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,प्रदेश सभापति रवि केसी, कांग्रेस दमक उपसभापति प्रेम भट्टराई, महाधिबेशन प्रतिनिधि डा. नेत्रबहादुर बुढाथोकी, दमक बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति राम गिरी लगायत विद्यार्थी नेताहरु लगायतको उपस्थिति रहेको थियो ।दिपप्रज्वलनमा बोल्दै नेताहरुले विपी कोइराला कांग्रेसका मात्र नेता नभएर देशकै दुरदृष्ट्रि राजनेता भएको स्मरण गरेका थिए ।
कांग्रेससहितका लोकतन्त्रवादी संघसंस्थाहरुले आज देशैभरि विभिन्न कार्यक्रमहरु गरि स्व. कोइरालाको स्मृति दिवस मनाएका समाचार प्राप्त भएका छन् ।

Leave a Reply

Your email address will not be published.