कमलमा नेविसंघ र कांग्रेसद्धारा वृक्षरोपण

कमल,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादका प्रणेता जननायक विश्वेश्वर प्रसाद कोइरालाको ४१औँ स्मृति दिवसको अवसर पारेर झापाको कमलमा वृक्षरोपण गरिएको छ ।
नेपाली कांग्रेस कमल तथा नेविसंघ कमल गाउँपालिका समितिले छुट्टाछुट्टै कार्यक्रम गरि वृक्षरोपण गरिएको पार्टीका कार्यवहाक सभापति पदम निरौलाले जानकारी दिएका छन् ।उनका अनुसार स्मृति दिवसको सन्र्दभमा पार्टीले कमलका सात वटा वडैमा वृक्षरोपण गरिएको छ । कांग्रेस कमल ५ र ६ ले मंगलवारेस्थित पार्टी वडा कार्यालयमा संक्षिप्त कार्यक्रम गरि विपी स्मृति दिवस मनाएको वडा सभापति चन्द्रसिंह राईले बताए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको स्मृति दिवसमा पार्टीका पूर्व केन्द्रीय सदस्य दिलीप राई लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा पार्टीले स्थानीय नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाको प्राङ्गणमा वृक्षरोपण गरिएको थियो ।
यसैगरि, नेविसंघले कमलका तीन वटा स्थानमा एकैसाथ वृक्षरोपण गरिएको संघका कमल अध्यक्ष अनिल सम्बाहाम्फेले जनाएका छन् । उनका अनुसार कमल -५ स्थित सहिद रत्न आधारभूत विद्यालय कमल–३ को सहिद धर्मभक्त मावि र कमल १ को बाँसबारी माबिको परिषरमा विभिन्न जातको विरुवाहरु रोपिएको हो । वृक्षरोपणमा संघका जिल्ला सचिव जितेन साम्पाङ,सहसचिव सुनिल हतासो लगायतका जिल्ला तथा कमलका नेविसंघका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।ती विरुवो सगुन युवा क्लब मार्फत उपलव्ध भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.