विपी स्मृति दिवसमा दमकको इन्द्रेणी तालमा वृक्षरोपण

दमक ,६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विपी कोइरालाको ४१ औ स्मृति दिवसका अवसर पारेर दमक १० आज वृक्षरोपण गरिएको छ ।कांग्रेस १० नम्बर वडा समितिले स्मृति दिवसको अवसर पारेर स्थानीय ईन्द्रेणी ताल परिषरमा बृक्षरोपण गरेको छ । दमक नगरपालिकाकी उप प्रमुख तथा कांग्रेस प्रदेश सदस्य रेगिना भट्टराईको प्रमुख आतिथ्यता वृक्षरोपण गरिएको नेपाल बिद्यार्थी संघका जिल्ला सदस्य नवराज न्यौपानेले जानकारी दिए । त्यहाँ विभिन्न जातका सय बढी फलफूलका विरुवाहरु रोपिएका थिए ।
पार्टी वडा सभापति घनश्याम खनालको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा दमक १० नम्बर वडाअध्यक्ष राजेन्द्र भण्डारी,क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, पार्टीका पूर्व जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहाल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.