पितृको स्मृतिमा बृद्धआश्रमलाई खाद्यान्न सहयोग

दमक,६ साउन । दमकको भुटानी शरणार्थी शिविरबाट केहि बर्षअघि अमेरिका पुगेका सामाजिक व्यक्तित्व नरबहादुर रसाईलीले आफना सासुको स्मृतिमा दमकको एक आश्रमलाई खाद्यान्न सामाग्री उपलव्ध गराएका छन् ।
अमेरिकाको कोलम्बोसस्थित ओवाओ बस्दैआएका सामाजिक कार्यमा सक्रिय रसाईलीले दिवंगत सासुुको बार्षिक तिथीका अवसर पारेर विहिबार दमक -४ मा रहेको रत्न जेष्ठ नागरिक वृद्धाआश्रमलाई चामल ,तेल,दाल,नुन लगायतका दैनिक उपयोग्य खाद्यान्न सामाग्रीहरु उपलव्ध गराएका अभियानकर्मी काजी राउतले बताए । रसाईलीले यसअघि समेत विभिन्न परोपकारी कार्यहरु गरिआएका छन् ।
सहयोग सामाग्री हस्तान्तरणमा दाताका आफन्तहरु इन्द्रमाया रसाइली , इन्द्रवती रसाइली,सन्देश कालिकोटे , सरोज लकान्द्री लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.