
दमक,७ साउन । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गएको बर्ष करिव दोब्बरका हाराहारीमा नयाँ नागरिकता वितरण गरेको छ ।
कार्यालयका अधिकृत सुर्यमान बाँनियाका अनुसार आर्थिक बर्ष २०७६-७७ को तुलनामा गएको वर्ष २०७७-०७८ को अवधिमा २४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्यांकमा २०७७-७८ को बर्ष ५५७३ वटा नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६-७७ मा भने ३१११ वटा नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।
गएको वर्ष २०७७-०७८ को अवधिमा बैबाहिक अंगीकृत ३०,प्रतिलिपी ४८७१,नाबालाक परिचय पत्र ८३ जारी गरिएको अधिकृत बाँनियाले जानकारी दिए ।
त्यस्तै,सोहि अवधिमा राहदानी नियमिततर्फ २२९१,द्रुत सेवा ६१८,ठाडो उजुरी ६६, संघसंस्था नविकरण १५८ र ४ वटा हातहतियार इजाजत नविकरण गरिएको उल्लेख छ ।
रु १ करोड २२ लाख बढी राजस्व संकलन
यसैगरि,सोहि बर्ष राहदानी वापत रु १ करोड २२ लाख ५२ हजार ५००,अन्य प्रशासनिक सेवा वापत रु १ लाख ५७ हजार ८५०, बेरुजु रु ८ हजार १५१ गरि कुल रु १ करोड २२ लाख ५२ हजार ५०० रुपैया राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल,शिवसताक्षीका बासिन्दालाई सरकारी सेवा उपलव्ध गराउदैआएको उनले बताए ।