बिर्तामोड, ७ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा स्थापित डि कौडिन्य पत्रकारिता पुरस्कारबाट यसवर्ष झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
बिर्तामोडको साई पार्टी प्यालेसमा आज आयोजित एक कार्यक्रमका बीच रेग्मी र लामालाई नगदसहित डि कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपयाँ रहेको छ ।
कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोको प्रमुख आथ्यितामा तथा सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कौडिन्यकी पत्नी यमुना आचार्यलगायतले वितरण गरे । डि कौडिन्यको स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले सो पुरस्कार स्थापना गरेको हो ।
रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् । लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टर कोशी प्रदेशका सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा भएको सो कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।