दमक,६ साउन । झापाको कमल गाउँपालिकामा सञ्चालन हुने कमल नगर अस्पतालका लागि संघीय सरकारबाट विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलव्ध भएको छ ।
पालिका अध्यक्ष हुकुमसिह राईको पहलमा संघीय सरकारको स्वास्थ्य सेवा विभागबाट लाखौ मूल्य पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध भएको हो ।
उनका अनुसार अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारहरु मोवाईल एक्सरे मेशिन १ थान, अक्सिजन कन्सर्नट्रेटर १ थान , अक्सिजन सिलिन्डर ५० लिटरको सेट सहित ३ थान, ईन्सटरुमेन्ट सेट १ थान, डेलिभरी बेड १ थान, नर्मल बेड २ थान, अक्सिमिटर ५ थान,डिजिटल बिपि सेट ५ थान, माक्स १० हजर थान , कोभिड गाउन १०० थान, एक्जामिन कोभिड लुज ग्लोब्स १०० जोडी , एन्टिजेन किट ९०० सेट, डिजिटल थर्मामिटर ५ थान उपलब्ध भएको छ ।
थप भिडियो एक्सरे आवश्यक सामाग्री बिभागमा आपूर्ति हुने बितिकै उपलब्ध गराउने समेत विभागीय प्रमुखबाट प्रतिबद्धता भएको अध्यक्ष राईले जानकारी दिए । ती स्वास्थ्य सामाग्रीहरु काठमाण्डौबाट लोड गरि पालिकातर्फ पठाईसकिएको काठमाडौंमा रहेका अध्यक्ष राईले जनाएका छन् । उनी पालिकाको विभिन्न मागहरु लिएर चार दिन अघि काठमाडौ डेलिकेशन गएका थिए ।
यसैगरि, अध्यक्ष राईसहित क्षेत्रन ५ की समानुपातिक संघीय सांसद महेन्द्रकुमारी लिम्बूसहित विभिन्न राजनीतिक दलका नेताहरु सम्मलित टोलीले पालिकाको विभिन्न जनसरोकारका विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसंग छलफल समेत गरिएको अध्यक्ष राईका सहयोगी रोशन दाहालले बताए । डेलिकेशनका क्रममा कमलको रतुवा खोलादेखि कमल खोलासम्म उज्यालो अभियान अन्तर्गत सडक बत्ती विस्तारका लागि लागत सहभागिता मार्फत १ करोड ३९ लाख बरावरको योजना तथा कमलमा थप विद्युत विस्तार गर्न तार उपलव्ध गराउने लगायतका विषयमा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसीङसंग छलफल गरि सहयोग पुरयाँउने प्रतिवद्धता भएको उनले बताए ।
त्यसैगरि कमल ७ मा ७ वटा पक्की सडकको योजना माग, कृषकसंग अध्यक्ष कार्यक्रम अन्तरगत कृषक सुरक्षण कोषका लागि रु २ करोड रुपियाको माग गर्नुका साथै कमल २ क्याम्पाको खानेपानी सुधारका लागि तत्काल रु १९ लाख ६० हजार बराबर सामाग्री उपलब्ध भएको उल्लेख छ ।