
दमक, ७ साउन । कमल गाउँपालिका -५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको छ ।
प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनीयोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनादर्न शर्मालाई भेट गरि माग पत्र बुझाईएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।
भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुरयाँउने आश्वासन दिएको डेलिकेसनमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।
टोलीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशव कुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्रका १ नम्बर प्रदेशका सदस्य झलकसिं दर्लामी ,प्रदेश कमिटी सदस्य गगन पुरी , जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई लगायतका दलीय प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । दुई दिन अघि प्रतिष्ठानको दलीय टोली प्रधानमन्त्री र अर्थमन्त्रीसंग भेट गर्न काठमाण्डौ गएको थियो ।