इटहरी,५ साउन । करेन्ट लागेर आइतबार राति इटहरीमा एक जना वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरी रहेका छन् ।करेन्ट लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आफ्नै घरको प्यासेजमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।