लागू औषधसहित उदयपुर र सुनसरीबाट ३ जना पक्राउ

लागू औषध कारोवारका आरोपी कुमार तामाङ

बिराटनगर ६ साउन । उदयपुरको त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् । हिजो दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।
यसैगरि सुनसरीको धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धीत औषधी सहित प्रहरीले १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धीत औषधी स्पास्पाईन( १५०० ट्यव्लेट र ट्रामोल(१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.