दमक,४ साउन । दमक ८ स्थित झापा मोडल अंग्रेजी स्कूल ( जेम्स ) मा गठित इन्ट्रयाक्ट क्लवको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न क्लवको साधारणसभाले वर्ष २०२२-२३ का लागि निर्वाचित क्लवको अध्यक्षमा सुमित रोय ,सचिवमा प्रजुना निरौला,उपाध्यक्षमा खुसी थापा, कोषाध्यक्षमा सुलभ काफले र सहसचिवमा इन्सानी खतिवडा चुनिएका छन् ।
यसैगरि सर्जेन्ट एट आर्मसमा एहाना श्रेष्ठ, सामुदायिक सेवा निर्देशकमा आरोग्य भण्डारी ,प्रोभसनल सर्भिस डाइरेक्टरमा रोमन बस्नेत, इन्टल अन्डरस्टाडिन्डङ डाइरेक्टरमा कृतज्ञता थापा, क्लव सर्भिस डाइरेक्टरमा अभिशेक गिरी र गर्भरमेन्ट स्कूल सपोर्टको डाइरेक्टरमा अदिश्री साह चुनिएका छन् ।
रोटरी क्लव अफ दमकमा आवद्ध स्कूल स्तरिय उक्त क्लवले शैक्षिक तथा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ । क्लवको वर्ष २०२१-२२ को अध्यक्षमा प्रिती चम्लागाई रहेकी थिइन् ।