दमक, ४ साउन । दमक नगरपालिकाले दमकमा रहेका आधारभुत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रको काम सहज बनाउन कम्प्यूटर उपलब्ध गराएको छ । नगरभित्र रहेका १० वटै वडामा रहेका स्वास्थ्य केन्द्रहरुको क्षमता अभिबृद्धिका लागि एक एक थान कम्प्यूटर उपलब्ध गराईएको हो ।
स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको कम्प्यूटर हस्तान्तरण गर्दै नगर उप प्रमुख रेगिना भट्टराईले नगरका सबै स्वास्थ्य केन्द्रलाई प्रबिधि मैत्री बनाउदै सेवाग्रहीका कार्य छिटो सम्पन्न बनाउन यसले थप सहयोग पुग्ने औल्याइन् ।
वडाका सवै स्वास्थ्य केन्द्रबाटै ल्याब सञ्चालनको तयारी समेत भईरहेको भन्दै उनले नगरबासीलाई छिटोछरितो सेवा प्रदान गर्न पनि कर्मचारीहरुलाई आग्रह गरिन् ।
नगरपालिकाले उपलब्ध गराएको कम्प्युटरबाट अनलाईन रिपोर्टिङ लगायतका कार्य सम्पादनमा सघाउँ पुग्ने वडा नम्बर २ मा रहेको शहरी स्वास्थ्य केन्द्र प्रमुख मेलिना घिमिरेले बताईन्।