झापामा कोरोनाबाट ४ सय जनाको मृत्यु

दमक, ५ साउन । झापामा कोरोनाबाट मृत्यु हुनेको सँख्या ४ सय पुग्न लागेको छ । सोमबार एकजना संक्रमितको मृत्यु भएसँगै मृतकको सँख्या ३९९ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका फोकल पर्सन जीवन चम्लागाईका अनुसार हालसम्म पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएका ३०२ र एन्टीजेन परीक्षणबाट पुष्टि भएका ९७ जना संक्रमितको मृत्यु भएको हो । यसअघि कोरोनावाट झापामा १२९ जनाको ज्यान गएको थियो भने कोरोनाको दोश्रो लहर यता २६९ मृत्यु हुने मध्ये पुरुषको संख्या १७२ र महिलाको संख्या ९७ रहेको जनाईएको छ । यसरी ज्यान गुमाउने सवैभन्दा बढी विर्तामोड,दमक,भद्रपुर , काकड्भिटटाका रहेका छन् ।
त्यस्तै संक्रमितको सँख्या १९ हजार बढी पुगेको छ । सोमबारसम्म झापामा कोरोना संक्रमितको सँख्या १९ हजार १६२ पुगेको छ । त्यसमध्ये १३ हजार ९१२ जना डिस्चार्ज भएका छन् । जिल्लामा २ हजार ४२६ जना सक्रिय संक्रमित मध्ये १३३ जना अस्पतालमा र अन्य भने होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
त्यस्तै झापामा हालसम्म कोरोना विरुद्धको दुवै खोप लगाउनेको संख्या २० हजार ५सय ९८र पहिलो मात्र खोप लगाउनेको संख्या ६६ हजार ६ सय ४६ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published.