उर्लावारी, ४ साउन । मोरङको उर्लाबारी नगरपालिका -२ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका २ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी २ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत ४ जनालाई ट्रामाडोल ६ सय ४४ थान प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेकम हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।