धरधरे खेल मैदानमा सञ्चालित फूटवल प्रतियोगिताको उपाधि आयोजकलाई

दमक ,३ साउन । ब्रर्दश फूटवल क्लव दमकले आयोजना गरेको नकआउट फूटवल प्रतियोगिताको उपाधि आयोजकले चुमेको छ ।दमक- ४ धरधरेस्थित खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा आयोजकले आफना प्रतिष्पर्धी आरकेएफसी फूटबल क्लवलाई ३– ० को गोल अन्तरले उपाधि जितेको हो ।
उपाधिसंगै विजेता आयोजकले नगद २० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आरकेएफसीले १० हजारमा चित्तबुझाउनु परेको थियो । प्रतियोगिताका विजेता,उपविजेता खेलाडीहरुलाई क्लवका पदाधिकारी तथा सदस्यहरुले पुरस्कार वितरण गरेका थिए ।
गत असार २६ गतेदेखि शुरु भएको प्रथम ब्रर्दश नकआउट फूटवल प्रतियोगिता–२०८० मा झापा, मोरङ्ग,इलाम र भुटानी गरि २४ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष समिर तामाङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.