दमक नगरसभाको चौथो बैठक पनि स्थगित : ११ साउनमा फेरि बस्दै

दमक,३ साउन । दमक नगरपालिकाको ११ औ सभाको चौथो बैठक पनि आज फेरि स्थगित भएको छ । दिनको १ बजे बोलाइएको नगरसभा बैठक बहुमतका लागि गणपुरक संख्या नपुग्दा फेरि स्थगित भएको छ ।
नगरसभामा बहुमत रहेका नेकपाका जनप्रतिनिधिले आफना माग सम्बोधन नभएसम्म सभा चल्न नदिने चेतावनी दिदै आएका छन् । सोहि कारण तेश्रो बैठक प्रभावित बन्न पुगेको हो ।

मंगलबारको नगरसभामा एमालेका जनप्रतिनिधिहरु सभामा सहभागि हुन जानै गएनन् , गठबन्धनका जनप्रतिनिधिले मात्र उपस्थितिमा हस्ताक्षार गरेका थिए ।
कुल ५५ जनाको नगरसभामा एमालेका मात्रै ४१ जना जनप्रतिनिधि छन् । ४२ मध्ये एक जना जिल्ला समन्वय समिति झापाको प्रमुख भएका छन्। बाँकी नेपाली काग्रेस र राप्रपाबाट निर्वाचित जनप्रतिनिधिको १३ मात्र छ ।
प्रमुख र उप –प्रमुख सहित १३ जना मात्रै सभामा उपस्थित भएकाले मंगलबारको सभापनि स्थगित गरिएको सभाध्यक्ष तथा नगर प्रमुख राम कुमार थापाले बताए। बैठक कक्षमा उनले सभा बस्न ‘कोरम नपुगेका कारण अर्को बैठक साउन ११ गते दिनको ३ बजेका लागि आह्वान गरिएको छ ।
एमालेबाट निर्वाचित जनप्रतिधिहरुले कार्यपालिकामा छलफलनै नगरि केहि विषय नगरसभामा मेयरले विशेष प्रस्ताव भन्दै पेस गरेपछि लगायत बैठक अवरोध गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.