एक हप्ताका लागि बुद्धशान्ति गाउँपालिका सिल

बुद्धशान्ति,४ साउन । कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल गरिएको छ ।
सोमबारराति १२ बजेबाट ११ गते अर्को सोमबार राति १२ बजेसम्मका लागि गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।
पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताए ।
भुजेलका अनुसार बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published.