करेन्ट लागेर एक जनाको मृत्यु

इटहरी, ३ साउन । करेन्ट लागेर सुनसरीको इटहरी उपमहानगरपालिका १७ लाटिमाईमा एक जना युवाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.