
–छविराज ढकाल
पथरीशनिश्चरे, ३ साउन । सातै प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकशिक्षिकाका लागि एक दिवसीय नयाँ पाठ्यक्रम सम्वन्धि भर्चुअल अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
शनिबार साँझ पाठ्यक्रम विकास केन्द्र (सिडीसि) को समन्वय तथम विद्यालयसंग हातेमालो कार्यक्रमको आयोजनामा भएको सो कार्यक्रममा कक्षा ६ देखि ८सम्म अध्यापन गरिरहेका देशैभरका झण्डै एक हजार शिक्षकशिक्षिकाले सहभागिता जनाएका थिए।
यसै वर्षदेखि सरकारले लागू गरेको नयाँ पाठ्यक्रम कक्षा६,८ र पाठ्यपुस्तकले लिएको राष्ट्रिय उदेश्यहरु हासिल गर्न गराउन सबै विद्यालयका शिक्षकहरूको भूमिका अहम रहने भन्दै विद्यार्थीको सर्वागिंण वौद्धिक विकासको अतिरिक्त मुलुकको संघीय संविधान अनुसार राष्ट्रिय लक्ष्य र उद्देश्य पूरा गर्न पाठ्यक्रम अफिसर युवराज अधिकारीले विषेशता सुझाए।
यो वर्ष कक्षा१,२,३,र ६ मा नयाँ पाठ्यक्रम अनुसार देशभरिका सबै खाले विद्यालयमा नेपाली भाषामा प्रकाशित समाजिक अध्ययन तथा मानव मूल्य शिक्षा (कक्षा ६ )अनिवार्य रुपमा विद्यालयमा कार्यरत शिक्षक-शिक्षिकाहरूले विद्यार्थीलाई सिकाई सहजीकरण गर्न निर्देशन गरिएकोछ ।
पाठ्यक्रम विकास केन्द्रले अर्को वर्षदेखि २०८० सालसम्ममा कक्षा ४,५,७,८,१२ को पनि नयाँ राष्ट्रिय योजना अनुसार समाजिक विषयलाई तहगत कक्षामा लागु गर्दै लगिने बताएको छ।
मुलुकका सबै विद्यालयले राष्ट्रिय पाठ्यक्रम अन्तर्गत नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य , शारीरिक तथा सिर्जनात्मक कला विषयलाई अनिवार्य रूपमा अध्यापन गर्नु पर्ने छ भने स्थानीय तहको स्विकृतिमा कुनैपनि माततृभाषा वा स्थानीय भाषा वा संस्कृत भाषामा पुस्तक निर्माण गरी पढाउन सक्ने वा प्राविधि मैत्री बनाउने अभिप्रायले कम्प्युटर विषयको शिक्षण गर्न पाउने भएका छन् ।
नयाँ पाठ्यक्रमले दिएका राष्ट्रिय लक्ष्य र उद्देश्य चुम्न शिक्षक वर्गले विद्यार्थीको सिकाइ जिवन उपयोगी तुल्याउन विद्यार्थी केन्द्रित सिकाइ विधिहरू अवलम्बन गर्न समेत आग्रह गरिएको जनाए। हप्ताभरीमा कम्तीमा ५ पाठ्यघण्टा (३२घण्टा )अनुसार अध्यापन गर्नु पर्नेछ भने वर्ष भरिमा १ सय ६० घण्टा तोकिएको छ । शिक्षण सिकाइ उपलब्धिमुलक तुल्याउन गुरूवर्गले व्याख्यान विधिलाई भन्दा बढी प्रयोगात्मक तथा अनुसन्धानात्मक , छलफल( प्रश्नोत्तर अन्तर्कृयात्मक विधि अपनाएर सिकाइ सहजीकरण गर्न सल्लाह दिएका छन्।
अब उप्रान्त विद्धार्थीहरुको आन्तरिक ( ५० ) तथा अन्तिम मूल्यांकन ९ परिक्षा वापत ( ५० ) अंकभारका आधारमा परीक्षा लिइने छ। आन्तरिक मूल्यांकन गर्दा नानीबाबुहरूको नियमित सहभागिताका लागि ४ अंक, परियोजना कार्यका लागि ३६अंक र अर्धवार्षिक सहितको त्रैमासिक परीक्षालाई ५ ,५ अंक गरी कूल १० अंकको आधारमा परीक्षा लिइने छ।
हाल कक्षा ८का लागि अध्ययन, अध्यापन तथा मूल्यांकन सम्वन्धि नमुना सहितको ग्रिड यसै साउन महिनाभित्रै प्रकाशित गर्ने गरी काम भैरहेको जनाएका छन् ।