दमक,२ साउन । दमकस्थित लाइफलाइन अस्पतालले अब विहान ८ बजेदेखि ओपीडि सेवा सुचारु गरेको छ । विरामीहरुको सुविधालाई ध्यान दिदै अस्पतालले सवै किसिमका विशेषज्ञ सेवा लिन विहानै देखि शुरु गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अध्यक्ष प्रेमबहादुर देवकोटाले हाम्रा सवै किसिमको स्वास्थ्य सेवालाई थप प्रभावकारी र समयअनुकुल बनाउदै लैजाने उद्देश्यका साथ सेवाग्रहीका सुविधाका लागि विहानैदेखि ओपीडि सेवा शुरु गर्ने तयारी गरिएको जानकारी दिए ।
अस्पतालमा यसअघि विहान १० वजेदेखि मात्र ओपीडि सेवा सञ्चालन हुदैआएको थियो । सर्वसाधारणलाई थप सुविधा पुरयाँउन ओपीडि समय विहानैदेखि गरिएको उनको भनाई छ ।
यसैवीच अस्पतालले स्वास्थ्य बिमा अन्र्तगतको सुविधाका लागि पनि यस अस्पताल सुचिकृत भएको पनि जानकारी दिएको छ । सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजनाको लागि स्वास्थ्य संस्था छनौटको क्रममा लाइफलाइन अस्पताल पनि परेको अध्यक्ष देवकोटाले बताएका छन् ।
अस्पतालमा नेफ्रोलोजिष्ट, मानसिक रोग , स्त्री रोग, बाल रोगदेखि सवै किसिमका बिशेषज्ञहरुको सेवा अस्पतालले उपलव्ध गराउदै आएको अस्पतालका सञ्चालक बालचन्द्र सुब्बाले जानकारी दिए ।
लाइफलाइन अस्पतालमा आईसियु, एनआईसियु, नेपाल सरकारद्धारा स्वीकृत डायलसिस सेवाहरु पनि उपलव्ध छ । दमकमा रहेका नीजि अस्पतालहरुमध्येमा यो पुरानो अस्पताल हो । अस्पतालले शैक्षिक कार्यक्रम अन्र्तगत विभिन्न किसिमका स्वास्थ्य जनशक्ति पनि उत्पादन गर्दै आएको छ ।