चुम्लुङ जग्गादाता स्व. आङबोहाङ् स्मृतिसभा सम्पन्न

बिर्तामोड,२ साउन । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखालाई जग्गा प्रदान गर्ने जग्गादाता स्वर्गीय नरेन्द्रबहादुर आङबोहाङका धर्मपत्नी स्वर्गीय कमला देवी आङ्बोहाङको तेस्रो स्मृति दिवस सम्पन्न गरिएको छ । आज जिल्ला कार्यालय बिर्तामोडस्थित चुम्लुङ्हिममा एक कार्यक्रमका गरि स्मृति सभा गरिएको हो ।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा चुम्लुङ् कार्यकर्ता र उनका परिवारजनबाट चुम्लुङ् परिसरमा स्थापना गरिएको आङ्बोहाङ् परिवारद्वयको शालिकमा माल्यार्पण गरिएको थियो ।
जग्गादाता स्व. नरेन्द्र बहादुर आङ्बोहाङ् एवम् स्व. कमलादेवी आङ्बोहाङको योगदानको सहित सक्षिप्त जीवन माथि कियाचु जिल्ला सदस्य योगचन्द्र आङ्बोहाङ्ले गरेका थिए भने श्रद्धासुमन कियाचु राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, जग्गादाताकी बुहारी लक्की आङ्बोहाङ् लगायतले चढाएका थिए ।
कियाचु जिल्ला अध्यक्ष सेसेहाङ् फियाकको अध्यक्षतामा भएको स्मृति सभा कोरोना महामारीको संत्रासका बाबजुद संगै सामाजिक दुरी कायम गरि सम्पन्न गरिएको जिल्ला सदस्य योगचन्द्र आङ्बोहाङ्ले बताए ।कार्यक्रमको सञ्चालन कियाचु जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.