दमक,१ साउन । झापाको दमक -६ भृकुटी चोकमा रहेको सेवारो होटल एण्ड सेकुवा कर्नरमा आगलागी भएको छ । दिलमाया लावतीले सञ्चालन गरेको सो होटलमा आगलागी हुदाँ फ्रिजसहित होटलका पेयपदार्थ लगायतका खाद्यान्नहरु पूर्ण रुपमा नष्ट भएको छ ।
सिलिण्डर ग्याँसका पाइप लिक भएर सो आगलागी भएको हुन सक्ने अनुमान छ । मध्यान्ह करिब १२ बजे भएको सो आगलागी नियन्त्रणका लागि दमक नगरपालिका र कमल गाउँपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी र स्थानीयबासीको टोली खटिएको थियो । तत्कालै आगो नियन्त्रणमा आएको छ । तर आगलागीबाट भएको क्षतिका बारेमा थाहा हुन सकेको छैन् । आगलागीमा मानवीय क्षति भने नभएको स्थानीयबासीले जनाएका छन् ।