दमक,१ साउन । दमक निवासी युवा साहित्यकार शंकर चापागाइँ ( धनकुटे कान्छा ) कोशी प्रदेश सरकारबाट सम्मानित भएका छन् ।प्रदेश सरकारले प्रदान गर्ने उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मानबाट चापागाइँ ५० हजार राशीसहित सम्मानित भएका हुन् । प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय विराटनगरको सभाहलमा आ इतवारआयोजित एक कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उनीसहित पत्रकार समेत रहेका श्रष्टा मिनकुमार श्रेष्ठ,बम देवान लगायतका स्रष्टाहरुलाई सामूहिक रुपमा सम्मान गरेको हो ।
साहित्यकार धनकुटे कान्छा तीन दशक अघिदेखि भाषा,साहित्य,कला,संस्कृतिको क्षेत्रमा क्रियाशील छन् । उनको हालसम्म लाशमाथि एउटा बच्चा ( गजल संग्रह २०५८ ), अक्षरहरु आमा र देश (कविता संग्रह २०६० ) , डायस्पारिक नोष्टाल्जिया (गजल संग्रह २०६८ ) , इतिहास निफनेर ( कविता संग्रह २०७४ ) ,दोस्रो संस्करण २०७५ , दमक दर्पण ( २०७५ ) लगायतका कृतिहरु प्रकाशित छन् ।