दमक,१ साउन । दमक नगरपालिका वडा नम्बर १० लाई पूर्णखोप शुनिश्चित वडा घोषणा गरिएको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजाना गरेर १० नम्बर वडालाई पुर्णखोप शुनिश्चित वडा घोषणा गरिएको वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।
नगर प्रमुख रामकुमार थापाले वडा न. १० लाई पूर्णखोप सुनिश्चित वडाको घोषणा गरे । सो कार्यक्रममा उपप्रमुख रेगीना भट्टराई प्रसाई नेकपा माओवादी केन्द्रका प्रदेश १ कोषाध्यक्ष रेवतराज पुरी (गगन ),वडा नम्बर १० का पूर्व वडा अध्यक्ष बोधराज न्यौपाने लगायतले पूर्ण खोप कार्यान्वयन गर्न सवै लाग्नु पर्ने जोड दिए । नगरपालिकाले दमकका १० वटै वडालाई पूर्ण खोप वडा घोषणा गर्न धमाधम काम गरिआएको जनाएको छ ।