दमक,१ साउन । दमक जेसिजले आजदेखि एक महिनासम्म खुल्ला योग शिविर सञ्चालन गरेको छ । शिविर हरेक बिहान साढे ४ बजे देखि ६ वजेसम्म योग सञ्चालन हुने आयोजक दमक जेसिजका अध्यक्ष सञ्जीव बरालले बताए ।
शिबिरको आज बिहान एक कार्यक्रमका बीच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गरिन् ।दमक जेसिजसहित पतन्जली योग समितिको संयुक्त आयोजनामा शुरु भएको शिविर उद्घाटन गर्दै नगर उपप्रमुख भट्टराईले योग जीवन जिउने बिज्ञान भएकाले यसलाई सामान्य शारीरिक व्यायाम मात्रै नबुभ्mन आग्रह गरिन् । उनले योग गर्ने व्यक्ति शारीरिक रुपमा साथै मानसिक र सामाजिक रुपमा पनि स्वस्थ रहने जोड दिइन् । योगले सकारात्मक जीवन जिउन सिकाउने भएकाले सबै जनाले योग गर्नु पर्ने उनले बताइन् । सकारात्मक युवाहरुको समूह जेसिजले सुरु गरेको यो अभियान एक महिना मात्रै नभएर निरन्तर सञ्चालन गरिने दमक जेसिजका अध्यक्ष बरालले बताए ।
योग शिविर उद्घाटनम कार्यक्रममा दमक वडा नम्बर ६ का वडाअध्यक्ष टेकबहादुर थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक जेसिजका पूर्व अध्यक्ष भगवान बस्नेत, पतन्जली योग समिति प्रदेश नम्बर १ का महामन्त्री लक्ष्मीप्रसाद काप्mले पतन्जली दमक अध्यक्ष दुर्गाप्रसाद भण्डारी लगायतले बोल्दै दमकका सबै सामुदायिक भवनहरुमा सामूहिक योग कक्षा सञ्चालन गर्नु पर्ने औल्याएका थिए ।
दमक -६ स्थित पशुपति मन्दिरको सभा भवनमा सञ्चालित योग शिबिर आगामी साउन ३१ गते सम्म सञ्चालन हुने कार्यक्रमका संयोजक सहदेव भट्टराईले जानकारी दिए ।