झापा, ३२ असार । किरात याक्थुङ् चुम्लुङ् झापाले जिल्लास्तरिय लिम्बुवान- किरात संयुक्त सङ्घर्ष समिति गठन गरेको छ । चुम्लुङ झापाको समन्वयमा शुक्रवार सम्पन्न झिलझिलेस्थित किरात राई यायेक्खाको सभाकक्षमा भएको सर्वपक्षीय भेलाले चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बुको संयोजक्त्वमा १०७ सदस्यीय संघर्ष समिति गठन गरेको हो । जसमा सह–संयोजक राजा आङ्थुप्पो, सदस्य सचिवमा ओमप्रकाश खापुङ् र गोबिन्द साबाँ, अर्थ संयोजकमा कविन्द्र सेर्मा र सह–संयोजकमा शिवकुमार मेन्याङ्बो चयन भएका छन् ।
चुम्लुङ्को समन्वयमा भएको भेलामा नेपाली काँग्रेसका नेता सन्तोष मेन्याङ्वो, नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाका इन्चार्ज चन्द्र सुब्बा, नेकपा माओवादी दमकका उपाध्यक्ष तथा किरात याक्थुङ् चुम्लुङ् संघीय सदस्य इक्सा सम्बाहाङ्फे, नेकपा (एस ) झापा जिल्ला उपाध्यक्ष खड्कध्वज खापुङ्, लोकतान्त्रिक राष्ट्रिय लिम्बूवान मञ्च झापा जिल्ला उपाध्यक्ष राजा आङ्थुप्पो, जसपाका युवा नेता ओमप्रकाश खापुङ्, कियाचु संघीय सदस्य डा। भिम सुब्बा, कियाचु संघीय सदस्य चन्द्रकला सुब्बा, कियाचु लिम्बुवान प्रदेश कार्य समिति सचिव इक्साहाङ् चेम्जोङ्, प्रदेश सदस्य कविन्द्र सेर्मा लगायत कियाचु नगर, गाउँ तथा वडा कार्यकर्ता लगायत विभिन्न दलका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको थियो ।
गठित संघर्ष समितिको सदस्यहरुमा हस्तबहादुर आङ्देम्बे,कविन्द्र नेम्बाङ, दिलीप आङ्देम्बे,धिरावती लिम्बू,कालीबहादुर खेवाङ,चन्द्र थेबे, शर्ण लोवागचन्द्र आङ्बुहाङ,प्रेमचन्द्र लिम्बू,, धर्म लकसम्बा, जेवि काम्बाङ, शर्मिला आङ्देम्बे ,तारा लिम्बू,इन्द्र इङनाम,नरप्रसाद लिम्बू,रुद्र तवेबुङ रहेका छन । यसैगरि सदस्यहरुमा भक्त मेन्याङ्वो, इक्साहाङ् चेम्जोङ, मनु पन्धाक,गोपाल लिम्बू,जनबहादुर जवेगु,गुमानसिं सम्बाहाङ्फे, महेन्द्र लावती,धनप्रसाद केरुङ्,मिना लिम्बू,हिमालय प्रकाश कन्दङ्वा, सुखबहादुर आङ्देम्बे,तिलसिं माङ्मु,केशरबहादुर लिम्बू, प्रेम फोम्बो, गोविन्द साम्बा,बीरबल जवेगु, प्रेम सेर्मा,पुण्यप्रसाद सम्बाहाङ्फे, इन्द्र सदेम्बा, देवेन्द्र चेम्जोङ्,सुखबहादुर सोदेम्बा,राजकुमार माखिम, नरेन्द्र वनेम फागो,लक्ष्मी योङ्हाङ, सूर्य यक्पान्देन,बिष्णु केरुङ्, लीलाबहादुर कन्दङ्वा,भीम योङ्हाङ्,मुना याम्फु,एनपी वनेम, अग्निमाया मेचे,समर थुलुङ् राई,दिपेश पालुङ्वा, नरेश माङ्मु , टिएन थलङ्, चैतन्य केदेम, दुर्गा चेम्जोङ्, मच्छिन्द्र सम्बाहाम्फे रहेका छन् । त्यस्तै, शङ्कराज निङ्लेकु,दिल सेरङ्, शिव सेर्मा,विचारी लावती,अभिशेक नेम्बाङ,प्रताप निङ्लेकु,जितेन्द्र आङ्देम्बे, नारायण तामाङ्,बविता राई, तिर्थ पौडेल,विकास मगर,कृष्ण सेन्दाङ्, प्रेमकुमार फोम्बो,समिर योङ्हाङ्,समिर योङ्हाङ्,सोनाहाङ् राई,दलकुमार सेर्मा,विजेन्द्र याङ्तेन
,शुक्र कन्दङ्वा,पूर्ण तवेबुङ्, बसन्त मेन्याङ्वो,विचारी लिम्बू,अमर मावोहाङ्,याम लोरिङ्देन,लक्ष्मी कन्दङ्वा, नरबहादुर काम्बाङ्,रन्जितमा राई मावो,ललित लिङ्खिम,हस्तकला बेघा, मौलश्री लिम्बु,लक्ष्मी योङ्हाङ्,देवेन्द्र इङ्नाम, अर्जुन इजम ,पार्वता याक्खा,दुर्गा चेम्जोङ, अस्मितकला योङ्हाङ्,प्रेम मेन्याङ्वो ,बन्दना नेम्बाङ्रदिलहाङ् सम्बाहाङ्फे, छत्रमाया लिङ्देन , अम्बर बहादुर मेन्याङ्वो,साजन साँवा सागर नेम्बाङ्,गंगा आङ्बुहाङ्, भिम फोम्बोे,ओम आङ्बुहाङ् रहेका छन् ।
यसेगरि भेलाले अमृत योङ्हाङ्,चन्द्रकला सुब्बा,डा. भिम सुब्बा, इक्सा सम्बाहाङ्फे, जितबहादुर लावती, धिरेन लावती, सन्तोष मेन्याङ्वो,चन्द्र सुब्बा, बिष्णु सुब्बा, कुवेर कन्दङ्वा, भक्त खेवाङ्, कृष्ण थेबे, भक्त लिम्बु, काजीमान ओख्रावो, धनबहादुर पन्धाक, सूर्य लिम्बू, भवानी सेत्लीङ, नन्दराज योङ्हाङ्, कृष्णधोज लिङ्देन , भविन्द्र तुम्सा र अबोध अविरल लगायत रहेका छन् ।
भेलाले संघर्ष समितिको सदस्य र सल्लाहकारहरु आवश्यकता अनुसार थप गरिने समेत निर्णय भएको छ । यसरी सम्पन्न भेलामा समितिलाई व्यवस्थित बनाउने सन्दर्भमा संयोजक, सहसंयोजक, सदस्य सचिव र अर्थ संयोजकहरुलाई सचिवालय समितिको रुपमा रहने समेत निर्माण गरेको छ ।
संयुक्त संघर्ष समिति गठन गर्दै भेलाले आगामी साउन ३ गते झापा चन्द्रगढीमा व्यापक जनसहभागिताका साथ कोण सम्पन्न गरिने निर्णय गरेको छ ।भेलामा नगर र गाउँ स्तरीय संघर्ष समिति व्यवस्थित गर्न गराउनको लागि कियाचु नगर र गाउँ शाखा अध्यक्षहरुलाई जिम्मेवारी प्रदान गर्ने समेत निर्णय गरिएको छ