उप प्रमुख भट्टराईद्वारा वेवारिसे महिलाको उद्धार

दमक,१ साउन । दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले दमक २ हिमालय माध्यमिक बिद्यालय क्षेत्रदेखि आज वेबारिसे अवस्थामा बसेकी एक जना अशक्त महिलालाई उद्धार गरेकी छिन् । बिगत चार दिन देखी खुल्ला ठाउँमा बस्दै आएकी बोल्न नसक्ने एक महिलालाई उप प्रमुख भट्टराईले उद्धर गरि नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसमा पु¥याएकी हुन् ।
स्थानीयको खबर पछि ईलाका प्रहरी कार्यालय दमकका महिला प्रहरीको सहयोगमा ती महिलाको उद्धार गरि तत्काल सेफ हाउसमा लगेर राखिएको नगर उप प्रमुख भट्टराईले बताईन् । ति महिला बोल्न समेत नसक्ने भएकाले तत्काललाई सेफ हाउसमा राखिएको र कोहि आफन्त आए जिम्मा लगाईने उनले बताईन ।

Leave a Reply

Your email address will not be published.