दमक ,१ साउन । नेपाली कांग्रेस कमल गाउँपालिका वडा न. ५ ले मंगलबारदेखि क्रियाशिल सदस्यता नविकरण शुरु गरेको छ । पार्टी जिल्ला समितिको परिपत्र अनुसार क्रियाशिल सदस्यता औपचारिक रुपमा नवीकरण सुरु गरिएको वडा सभापति चन्द्रसिङ् राईले बताए ।
पार्टीको संगठन सुदृढीकरणमा जोड दिदै यहि साउन २० गतेसम्म वदामा रहेका १९५ जना कृयाशिल सदस्यको सदस्यता नवीकरण नियामानुसार गरिसक्ने उनले जनाएका छन् ।
पार्टीका जिल्ला सदस्य बिष्णु सुब्बाको उपस्थितिमा बुधबार बसेको बैठकले कृयासिल सदस्यता नवीकरणसहित कार्यसम्पादन समिति गठन तथा आगामी साउन ६ गते वीपी कोइरालाको ४२ औ स्मृति दिवस मनाउने निर्णय भएको सचिव ताराबहादुर खड्काले बताए । जिल्ला सदस्य सुब्बाले पार्टी संगठन सुढृढिकरण गर्न यस किसिमको सांगठानिक गतिविधिले पार्टीमा उर्जा आउने विश्वास व्यक्त गरे ।