झापा, १ साउन । झापा भद्रपुर ६ का २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैगरि मेचीनगर(३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । हिजो दिउसो साढे २ बजे स्थानीय गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा किसानआफैलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाईटेन्सन लाईनमा तार जोडी खोल्सामा करेन्ट प्रवाह गरेको पाइएको प्रहरीले जनाएको छ ।