
विराटनगर, १ साउन । आर्थिक वर्ष २०७७—७८को पहिलो दिन साउन १ गते बजेट कार्यान्वयनमा आएसँगै आजैबाट प्रदेश १ मा कार्यरत कर्मचारीले दैनिक १ सय रुपैयाँ खाजा खर्च पाउने भएका छन् । प्रदेश एक सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई बजेट भाषणमार्फत खाजा खर्च दिने गरेको घोषणको कार्यन्वयन स्वरुप कर्मचारीका लागि दैनिक १ सय रुपैयाँ खाजा खर्च उपलब्ध हुने भएको हो ।
प्रदेश सरकार कर्मचारीको मनोबल अभिवृद्धि गर्न प्रोत्साहन स्वरुप आज देखि लागू हुनेगरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन एक सय रुपैयाँका दरले खाजा खर्च प्रदान गर्ने व्यवस्था बजेटमा गरेको छ ।
तर उनिहरुले यस अघि पाउदै आएको कर्मचारी तथा पदाधिकारी बैठक भत्ता भने नपाउने भएका छन। प्रदेशमा हाल प्रदेश सरकार मातहतका२१ सय कर्मचारी कार्यरत रहेको मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कर्मचारीको खाजा खर्च शिर्षकमा प्रदेश सरकारले वार्षिक ७२ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्नुपर्ने देखिएको छ ।
तर प्रदेश सरको यो नीति प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बिमती राख्दै आएको छ । काँग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की कर्मचारीले कर्मचारीको बैठक भत्ता कटौती गरी दैनिक खाजा खर्च थप गरेर राज्यलाई आर्थिक भार थोपर्ने कामभएको जनाएका छन । यो सुविधा प्रदेश मातहतका कर्मचारी बाहेकका शिक्षक र प्रहरीले भने पाउने छैनन् ।