उर्लावारी,३२ असार । मोरङको मिक्लाजुङमा तीन पाङ्ग्रे अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मंगलबार बेलुका प्र १–०२–००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदलयात्री मिक्लाजुङ गाउँपालिका– ३ जनजाती चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।
घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले फेला पारी उनलाई अरनिको अस्पताल उर्लाबारी हुँदै बिराट टिचिङ अस्पताल भर्ना गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।प्रहरीका अनुसार उनलाई अटोले ठक्कर दिएको खुलेको छ । ठक्कर दिने अटो चालक फरार छन् । प्रहरीले अटो चालक मिक्लाजुङ गाउँपालिका– ६ का २५ वर्षीय रोशन लिम्बूको खोजी गरिरहेको छ ।