नाक, कान, घाटीमा हुने एलर्जी र होमियोप्याथिक उपचार

डा. लेखनाथ नेउपाने
मानिसका संवेदनशील अङ्हरुमा नाक, कान र घाटी पनि पर्दछन् । बाहिरी वातावरणसँग प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहने यी अङ्गहरुले विभिन्न प्रकारका वातवरणीय प्रभावको सामना गर्नु पर्दछ । दुषित वातावरणका कारण विभिन्न खाले सरुवा रोग यिनै नाक मुख आदिबाट सर्ने हुन्छ भने शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा विभिन्न रोग र एलर्जीबाट नाक कान घाटी प्रभावित हुने क्रम वढेर गएको विभिन्न अध्ययनले देखाएको छ । अझ वातावरणमा देखिएको उच्च प्रदुर्षणले त झनै भयावह अवस्था नआउला भन्न सकिन्न ।

वातावरणमा फैलिने सरुवा रोगहरु धेरै प्रकारका र केहि समयमै उपचार नपाए ज्यानलेवा पनि हुन्छन् जस्तै क्षयरोग, निमोनिया आदि अदि । विरामी व्यक्तिले खोक्दा या हाँच्छिउ गर्दा नजिकमा रहेको व्याक्तिमा हावा या थुक, खकारको माध्यमबाट सर्ने गर्छ । यो रोगको उपचार समयमा हुन नसके मुत्यु हुनसक्छ । यस्ता धेरै रोगका किटाणुहरुसँग बच्न या आप्mनो सुरक्षा गर्न जान्नु पहिलो महत्वको कुरा हो । दोस्रो, वातावरणको धुलो, धुवा, अस्वस्थ वातावरण र खानपानबाट कसरी बच्ने भन्ने कुराको पनि जानकारी लिएर धेरै प्रकारका सरुवा रोगबाट बच्न सकिन्छ । या नसर्ने तर शरीरमा रहेको रोगलाई वढवा दिन प्रत्यक्ष सहयोग गर्ने कारण(एलर्जन्स)हरुको ज्ञान लिएर पनि विभिन्न रोगबाट वच्न सकिन्छ ।

मानिसको शरीरमा विशेष गरेर २ प्रकारका रोगहरुको अवस्था या सम्भावना रहन्छ । एउटा नयाँ र अर्को पुरानो । नयाँ रोग केहि दिनका लागि शरीरमा देखापर्छ । जसको उपचार पनि चाडो र प्रभावकारी रुपमा हुनुपर्छ, नभए ज्यान पनि जान सक्छ । धेरै जसो यस्ता रोग केहि दिनको आराम र औषधिको सेवनबाट निको हुन्छन् । जसको मुख्य कारण संक्रमण हो । यिनै रोग मध्ये केहि रोगहरु पटक पटक देखा पर्ने र्गर्छन् । या शरीरको कुनै एउटा अङ्गमा स्थायी रुपमा बसेर सामन्य जीवनमा प्रभाव या असर देखाउछन् । नयाँ रुपमा आएका रोग निको नभएर लामो समयसम्म शरीरमा रहिरहन्छ भने त्यस्ता रोगलाई पुरानो रोग(क्रोनिक डिजिज) या केहि रोगलाई एलर्जी भनिन्छ । नाक कान घाटीको उदाहरण लिने हो भने पुरानो घाटी दुख्ने, पिनास, रुघामर्की लागीरहने, कान पाकीरहने या चिलाउने, बन्द भएको जस्तो भइरहने, नाकमा ऐजेरु(पोलीप) पलाउने, बन्द हुने, टन्सिल वढने, घाटी रातो हुने र दुखिरहने (एलर्जीक प्mयारिन्जाइटिस) मुख्य हुन् । आजकल धेरैजसो महिलाहरुमा देखा पर्ने रोग हो थाइराइड । समयमा थाहा नहुँदा यो रोगका कारण धेरै माहिलाहरुले अनावश्यक औषधी खानु परेको छ भने विभिन्न पीडाबाट गुज्रिनु परिरहेको छ । थाइराइड रोग पनि शरीरलाई सामान्य अवस्थामा राख्ने शक्तिको कमीले हुने या देखापर्ने गर्छ । जसले थाइराइड हर्मोनलाई अनियन्त्रित गर्दछ ।

त्यसैले हरेक मानिसले स्वस्थ सम्बन्धी जानकारी लिनु र केहि समस्या भए बेलैमा चिकित्सकसँग आफुलाई भएको समस्या र हुन सक्ने अन्य समस्याका बारेका जानकारी लिनु अत्यन्तै जरुरी हुन्छ । नाक ,कान र घाटीमा हुने केहि रोग र तिनको उपचार विधिका बारेमा तल वर्णन गरिएको छ ।

………………………………………………………………………………………………………………………………….

वातावरणमा फैलिने सरुवा रोगहरु धेरै प्रकारका र केहि समयमै उपचार नपाए ज्यानलेवा पनि हुन्छन् जस्तै क्षयरोग, निमोनिया आदि अदि । विरामी व्यक्तिले खोक्दा या हाँच्छिउ गर्दा नजिकमा रहेको व्याक्तिमा हावा या थुक, खकारको माध्यमबाट सर्ने गर्छ । यो रोगको उपचार समयमा हुन नसके मुत्यु हुनसक्छ । यस्ता धेरै रोगका किटाणुहरुसँग बच्न या आप्mनो सुरक्षा गर्न जान्नु पहिलो महत्वको कुरा हो । दोस्रो, वातावरणको धुलो, धुवा, अस्वस्थ वातावरण र खानपानबाट कसरी बच्ने भन्ने कुराको पनि जानकारी लिएर धेरै प्रकारका सरुवा रोगबाट बच्न सकिन्छ । या नसर्ने तर शरीरमा रहेको रोगलाई वढवा दिन प्रत्यक्ष सहयोग गर्ने कारण(एलर्जन्स)हरुको ज्ञान लिएर पनि विभिन्न रोगबाट वच्न सकिन्छ ।

……………………………………………………………………………………………………………………

विषेश गरेर केटाकेटीमा कान पाक्ने समस्या धेरै हुन्छ । यसको उचित जानकारी र उपचार विधि नअपनाएमा बुढो हुईन्जेलसम्म पनि कान पाक्ने र कान नसुन्ने समस्या रहिरहन्छ । यसको निदानका लागि कित नाक, कान घाटी रोग विषेशज्ञसँग जचाउँने नभए होयिोप्याथिक चिकित्सा अपनाउने । यो विधीबाट कान पाक्ने समस्याबाट सदाकालागि छुटकारा मिल्छ । नाकमा ऐजेरु पलाएमा, नाक बन्द हुने गरेमा धुवा धुलोको प्रभावले असर गरेमा रोग प्रतिरोधात्मक क्षमता वढाउने औषधि या र्अग्यानिक खाद्य पदार्थको सेवन गर्ने र योग अभ्यासमा जोड दिने । ऐजेरुको उपचार एलोप्याथिकमा अप्रेशन भएकाले बल्जिने सम्भावना धेरै हुन्छ । यसमा पनि होमियाप्याथिक उपचार धेरै प्रभावकारी रहेको छ । यसरी नै पिनास अर्को समस्या हो आम मानिसमा । समयमै सही उपचार नभएमा यसले पनि जीवनभर सताउने गर्छ । नाक बन्द हुनु, मध्यान्ह तिर धेरै टाउको दुख्नु, विभिन्न प्रकारका खाद्य पदार्थको सेवनबाट पीडा बल्जिनु जस्तै चिसो खाना या चिसोमा जानु र नुहाउनु । अर्को धेरै मानिसमा देखा परिरहेको समस्या हो घाटी दुख्नु, चिलाउनु, रातो हुनु टन्सिल सुन्निनु, निल्न असजिलो हुनु । पटक पटक घाटी सम्बन्धी यस्ता समस्या देखिएमा रगतमा एउटा जाँच गराउनु आवश्यक हुन्छ । त्यो जाँच हो एएसओ टाइटर । यो भनेको एक प्रकारको किटाणुको पटक पटकको आक्रमण हो । जसले मुटुलाई पनि असर गर्ने हुँदा लामो समयदेखि या केहि समयको अन्तरालमा कडा घाटी दुखेमा माथि भनिएको जाँच चिकित्सकको सल्लाहमा गराउनु उचित हुन्छ । आन्तरिक शक्तिको कमी भएका विशेष गरेर बालबच्चाहरु घाटी दुख्ने समस्याका कारण मुटु सम्बन्धी रोगबाट पीडित हुनपुग्छन् समयमै घाटी दुख्ने रोगको सहि उपचार नपाएमा । यस्तै माथि भनिएको थाइराइड सम्बन्धी समस्या धेरै देखिन थालेको छ आजकाल । यो रोग के हो र यो रोगका प्रकार बारे सर्वसाधारणमा जानकारी हुने सार्वजनिक कार्यक्रम हुनु र गराउनु जरुरी छ । यसको रक्तपरीक्षण पनि केहि महंगो, समय लाग्ने र सबै ठाउँमा नहुने हँुदा विरामीमा नकरात्मक प्रभाव परेको देखिन्छ । यसको उपचारका बारेमा अन्य(होमियोप्याथिक र आर्युर्बेद) चिकित्सा विधामा पनि चासोराख्नु उपयुक्त हुन्छ । किनभने त्यहाँ पनि उपचार हुन्छ भन्ने जानकारी हुनुपर्छ । यो भनेको विरामीको स्वतन्त्रता हो ।

थाइराइड आफै रोग होइन यो एउटा ग्रन्थी हो जो घाटीको बिचमा पुतली आकारमा रहेको हुन्छ । यसले निस्कासन गर्ने रसरागले खाना पचाउने, शक्ति प्रदान गर्ने, शरीरको वृद्दि विकासमा भूमिका खेलेको हुन्छ । यदि विभिन्न कारणबाट यो ग्रन्थीले भनेजस्तो र आवश्यकता अनुसार काम गर्न सकेन या धेरै रसराग उत्पन्न गर्न थाल्यो भने थाइराइड समस्याका रुपमा व्याख्या गरिन्छ । हाइपर या हाइपो थाइराइडिजम नामले यसलाई चिनिन्छ । हाइपरको अवस्थामा धेरै रसराग उत्पन्न भएर शरीरको मेटाबोलिजम उच्च हुने जसका कारण शरीर सुक्दै जाने, गर्मी धेरै हुने, मुटुको गति तीब्र हुने, पसिना धेरै आउने, आँखाका दाना विस्तारै बाहिर निस्कने आदि लक्षण देखा पर्छन भने हाइपोमा ज्यान मोटो हुँदै जाने, पसिना कम आउने, जागर नलाग्ने, कमजोरी वढ्ने, खाना नरुच्ने, जीउ सुन्निने, अदि समस्या देखिन्छन् । समयमै जाँच र उपचार भएमा ठीक हुन्छ ।
अन्त्यमा, हाम्रो शरीर नै धेरै जसो रोगको नियन्त्रण गर्ने शक्ति हो । शरीरमै रोग प्रतिरोधात्मक क्षमता बन्ने गर्छ । विभिन्न बाहिरी र भित्री कारणले जब शरीर कमजोर हुन पुग्छ । यो अवस्थामा ति बाहिरी तत्वहरु एलर्जीको रुपमा या केनै रोगको रुपमा शरीरमा विभिन्न भागमा देखा पर्न थाल्छन् । विशेष गरेर नाक र घाटीमा हुने एलर्जी जस्तै नाक चिलाउने, धेरै पटक हाँच्छिउ आउने, पातलो पानी जस्तो सिगान बग्ने, अलिकती चिसो हावा या धुलोधुवा सहन नसक्ने, बारबार कान पाक्ने, घाटी दख्ने, अचानक सास फेर्न असहज हुने, जिउ चिलाउने, डाबर आउने जस्ता लक्षणहरु एलर्जी हुन् । यस्ता लक्षणहरुको उपचार गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता वढाउने खालको उपचार गर्दा रोग निको हुन्छ । यसकालागि चिकित्सकले अन्य चिकित्सा विधाको वारेमा जान्नु जरुरी हुन्छ । यो अवस्थामा शरीरमा रोग प्रतिरोधी क्षमता वढाउने औषधि चाहिन्छ, जो होमियोप्याथिक औषधिमा हुन्छ । हुनत एउटा विधाको चिकित्सकले आप्mनो विधामात्र राम्रो र हामीमात्र सफल उपचार दिन सक्छौ भन्ने भान भए पनि आजसम्म कुनै पनि विधा पूर्ण रुपमा सफल नभएको घाम जस्तै छर्लङ छ । त्यसैले हरेक चिकित्सा विज्ञानको पढाई हुँदा अन्य चिकित्सा विज्ञानका बारेमा पनि साराशंमा पढाईनु उचित हुन्छ । यसको फाइदा चिकित्सक र विरामी दुबैमा देखिन्छ । यसको पुर्ति गर्न हरेक कक्षामा स्वास्थ सम्बन्धी जानकारीमूलक पाठ्य सामाग्री राख्नु जरुरी देखिन्छ भने औषधि विज्ञान अध्ययन गर्ने हरेक विद्यार्थीलाई अन्य विधाका बारेमा अध्ययन गराउन सेलेवसको परिवर्तन र जानकारीमूलक सामाग्री राख्नु जरुरी हुन्छ । र, एउटा विधाको चिकित्सकले अर्को विधाको चिकित्सकसँग गर्ने व्यवहार र विरामी पठाउँने सहाद्रता हुनु विरामीका लागी राम्रो हो भने चिकित्सकको मानवीय गुण पनि हो । (रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक पनि हुन् । )

Leave a Reply

Your email address will not be published.