गौरादह,१ साउन । झापाको गौरादह नगरपालिका भित्रबाट नियमित प्रकाशित एक मात्र छापा माध्यम साप्ताहिक कसार आजदेखि १५ औ वर्षमा प्रवेश गरेको छ ।विस.२०६७ साल साउन १ गतेदेखि आफ्नो प्रकाशनको यात्रा शुरु गरेको यस पत्रिका नियमित रुपमा प्रकाशन हुदै आएको छ । पत्रिकाका सम्पादक तथा प्रकाशक बेणु अधिकारीले मोफसलमा रहेर पनि यसले कयौ बाधा अड्चनहरुको सामना गर्दै नागरिकको सूचनाको हकलाई संरक्षण, सम्बर्द्धन, निरन्तरता र सुनिश्चित गर्दै आफ्नो साख कायम नै राख्न सफल भएको उल्लेख गरेका छन् ।
आवाज विहिनहरुको बुलन्द आवाज बन्दै आम उत्पीडित,शोषित,दबिएका व्यक्तिहरूको पीडा र प्रतिभाको खोजी गरी समाजमा उजागर गर्न भरपूर योगदान गरेको भन्दै उनले भनेका छन् ,–‘ निष्पक्ष,भयरहित र स्वतन्त्र रहँदै समाजमा घटेका विसंगति, कुरुति र विकृतिको भण्डाफोर गर्दै समाजलाई दिशाबोध गर्दै आएको छ।’
नेपाल प्रेस काउन्सिलले पत्रिका समपरीक्षण मापदण्डमा गरिएको मूल्याकंनका आधारमा प्रत्येक वर्ष आफ्नो बर्गिकरणलाई यस पत्रिकाले सुरक्षित आफनो साख राख्दै आएको छ ।यसलाई यहाँसम्म आइपुग्न भरपूर सहयोग गर्नु हुने स्थानीय,प्रदेश,संघीय तह,विज्ञापनदाता,पाठक,सामाजिक संघ संस्था,बौद्धिक समाज,नागरिक समाज,आम गौरादहबासी लगायत यसका सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दे आगामी दिनमा पनि यसको प्रगति,उन्नति र निरन्तरतामा अथक सहयोग प्राप्त हुने भन्ने सम्पादक तथा प्रकाशक अधिकारीले उल्लेख गरेका छन् ।