
दमक,१ साउन । दमक नगरपालिकाले फोहोरमैला संकलन गरेवापत एकतर्फी रुपमा सर्वसाधारणसंग सरसफाई शुल्क उठाउन थालेपछि दमक उद्योग वाणिज्य संघले ध्यानाकर्षण भएको जनाएको छ ।
संघले नगरपालिकालाई त्यस सम्बन्धी ध्यानकर्षण पत्र बुझाउदै स्थानीय उद्यमी ,व्यवसायीहरु छलफलनै नगरि सरसफाई शुल्क तत्कालन नउठाउन आग्रह गरिएको संघका सदस्य चन्द्र खत्रीले बताए ।
नगरपालिकाले स्थानीय सञ्चारमाध्यमहरुमा साउन १ गतेदेखि सरसफाई शुल्क उठाउनका लागि सार्वजनिक सूचना निकालेको छ । संघले कोभिड महामारीबाट स्थानीय व्यवसायीसंगै नगरवासीनै प्रत्यक्ष प्रभावित हुनुपरेको अवस्थामा नगरपालिकाले एकतर्फी रुपमा सरसफाइ शुल्क लिने कार्य उपयुक्र नभएको जारी पत्रमा उल्लेख छ ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको हस्ताक्षारित पत्रमा सरसफाइ शुल्क संकलनका बारेमा स्थानीय सरोकार पक्ष, उद्यमी ,व्यवसायीसंग आवश्यक छलफल नै नगरि शुल्क उठाउने कार्य तत्काल अघि नबढाउन आग्रह गरिएको छ ।
दमकमा गत चैत १ गतेदेखि नै नगरपालिका र सेवा प्रदायक संस्थावीच संझौता अनुसार नेक्स्टइरा इनर्जी प्रालिले जिम्मेवार लिई फोहोरमैला संकलन गरि आएको छ ।